Rule 117
निलम्बनको समाप्ति
: कुनै सशस्त्र प्रहरी कर्मचारी आफ्नो पदमा पुन स्थापित भएमा वा नियम ११३ बमोजिम सेवाबाट हटाईएमा वा बर्खास्त गरिएमा वा नियम ११६ को उपनियम (२) बमोजिमको निलम्बनको अवधि पूरा भएमा वा सोही नियमको उपनियम (३) बमोजिम भएको थुनाबाट मुक्त भएमा निजको निलम्बन समाप्त हुनेछ ।